global ime bank Long Banner Ad

गृहपृष्ठ युनियन हाइड्रोपावरको साधारण सभा आह्वान

युनियन हाइड्रोपावरको साधारण सभा आह्वान

युनियन हाइड्रोपावरको साधारण सभा आह्वान

युनियन हाइड्रोपावर लिमिटेडले बैशाख २३ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख ८ गते सम्पन्न बैठकले २०७९ साल बैशाख २३ गते शुक्रबार बिहान ११ बजे धोबिघाट ३, ललितपुरस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्चुअल माध्यम मार्फत सभा बोलाउने निर्णय गरेको हो ।

सभामा सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा स्वीकृत गर्ने तथा नयाँ सञ्चालक नियुक्त गर्ने सम्बन्धमा विशेष प्रस्ताव रहेको छ । यस्तै कम्पनीको प्रबन्धपत्रको दफा ६ ९क० र ९ख० मा संशोधन गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

विशेष साधारण सभाका लागि कम्पनीले बैशाख १५ गते बिहीबार एकदिन सेयर दाखिल खारेजी ९बुकक्लोज० मिति तोकेको छ । यसअनुसार बैशाख १४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु