गृहपृष्ठ सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने झिनो अंकले बढेको छ । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव ९४ अंक बढेको हो ।

आज झिनो अंकले बढेसँगै सेयर बजार परिसुचक नेप्से २ हजार ३२५ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्सेसँगै अन्य ८ उपसमूहका सूचक पनि बढेका छन् । कारोबारमा आएका २३१ विभिन्न कम्पनीका ३९ लाख ९१ हजार ५१ कित्ता सेयर कारोबार भएका छन् ।

आज १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँमा बराबरको कारोबार भएको छ ।

प्रकाशित समय : २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु