गृहपृष्ठ वैदेशिक सहायता प्रतिबद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

वैदेशिक सहायता प्रतिबद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

वैदेशिक सहायता प्रतिबद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँबराबरको आर्थिक सहायता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । चालू आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एसियाली विकास बैंक र विश्व बैंकबाट क्रमशः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।

प्रकाशित समय : २२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु