global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा वैशाख ७ गतेदेखि गोकर्णेश्रर नगरपालिका वडा नम्बर ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा सुरु गरेका थिए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा. डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको थियो । माकलवारी शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएकोछ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु