गृहपृष्ठ गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागवण्डा (सहमति पत्रसहित)
गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागवण्डा (सहमति पत्रसहित)

पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट टुंगो गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको बाँडफाँट टुंगो लगाएकाे हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो । सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ । नेकपा एकीकृत समाजवादीले पाेखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ । जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।
'पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्व भागफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ,' सहमतिपछि जारी विज्ञप्तिमा भनिएकाे छ, 'साथै सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो ।'
सहमति पत्र :
प्रकाशित समय : २२:५३ बजे