nmb bank

गृहपृष्ठ अर्थतन्त्र अहिले नै आर्थिक संकटको अवस्थामा छैन : सीएनआई

अर्थतन्त्र अहिले नै आर्थिक संकटको अवस्थामा छैन : सीएनआई

अर्थतन्त्र अहिले नै आर्थिक संकटको अवस्थामा छैन : सीएनआई

उद्योगीहरूको छाता संगठन नेपाल उद्योग परिसंघले (सीएनआई)ले अहिले नै अर्थतन्त्र आर्थिक संकटको अवस्थामा नरहेको बताएको छ । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै तथ्यांक र विगतको परिदृश्यको विश्लेषण गर्दा अहिले आर्थिक संकटको अवस्थामा नरहेको बताएको हो । अत्यासलाग्दो अवस्था सृजना गर्नभन्दा पनि अहिलेको अवस्थामा संयमित भएर काम गर्न पर्ने सीएनआईका अध्यक्ष बिष्णुकुमार अग्रवालले बताए ।

‘अहिले नै आत्तिनु पर्ने अवस्था छैन । संयमित भएर अघि बढ्नु पर्छ,’ उनले भने, ‘जुन तरिकारले ब्यालेन्स घटेको त्यसको हामीले समाधान गर्नपर्छ ।’ तीन वर्षसम्म विदेशी मुद्रामा मात्रै सेयर कारोबार गर्न पाउने गरी विदेशीलाई सेयर बजार खुला गर्न पर्ने धारणा सीएनआईको छ । धितोपत्र सहित ऋण पत्रमा समेत उनीहरूलाई लगानी पहुँच दिनपर्ने सीएनआईले बताएको छ ।

रेमिट्यान्स पठाउने व्यक्तिलाई प्राथमिक सेयर निष्काशनमा दश प्रतिशत सुरक्षित गरेर रेमिट्यान्स बढाउन सकिने सिएनआईले उल्लेख गरेको छ । त्यस्तै, रेमिट्यान्स भित्र्याउने कम्पनीलाई करमा सहुलियत दिनुपर्ने र रेमिट्यान्स पठाउने व्यक्तिलाई परिचय पत्र उपलब्ध गराएर सरकारी सेवामा पहिलो प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।

नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नहुने संघको भनाइ छ । आयात बन्द गर्नु समस्याको समाधान नरेहकाले सरकारले आयात व्यवस्थित गर्नतर्फ लाग्न पर्ने उनीहरूले बताएका छन् । स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल चाल्न पर्ने संघको भनाइ छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले आगामी दिनमा विप्रेषण बढ्ने संघले विश्वास लिएको छ ।

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु