गृहपृष्ठ यस्ताे छ नेपालमा काेराेना संक्रमणकाे पछिल्लाे तथ्यांक
यस्ताे छ नेपालमा काेराेना संक्रमणकाे पछिल्लाे तथ्यांक
पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साे अवधिमा ४ हजार ४३ जनामा नमूना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार एक हजार ९८६ नमूनाको पीसीआर परीक्षण गर्दा ६ र दुई हजार ५७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीन जनामा काेराेना संक्रमण देखिएको हो । हालसम्म नेपालमा ९ लाख ७८ हजार ६५४ जनामा काेराेना संक्रमण भइसकेकाे छ । शनिबार थप ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित समय : २३:२९ बजे


















