काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पन्ध्रौँ दरबारमार्ग महोत्सव

22.45K
shares

कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा '१५औँ दरबारमार्ग सडक महोत्सव' आयोजना भएको छ । 

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान)र दरबारमार्ग विकास बोर्डको आयोजना भएको महोत्सव आज साँझ ८ बजेसम्म चल्ने छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने महोत्सवको मूल उद्देश्य रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडबाट शिथिल साना मझौला उद्यम तथा पर्यटन उद्योगलाई महोत्सवले जागरुक बनाउने आयोजकको विश्वास छ ।

शारीरिकरुपमा भिन्न क्षमता भएका तथा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएका छन् । महोत्सवस्थलमा ६० वटा विभिन्न स्टल छन् । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा विभिन्न स्टल राखिएको छ ।

महोत्सवमा सातै प्रदेशका संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृति, गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहेका छन् । विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनका विशेष प्रदर्शन/प्रस्तुतिका स्टल, बालबालिकाका लागि छुट्टै किडस् जोन पनि महोत्सवमा राखिएका छन् । कलाकार दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ ब्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहले सांगीतिक प्रस्तुति गर्नेछ ।