nmb bank

गृहपृष्ठ नयाँ वर्षमा ई-सेवा मनी ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

नयाँ वर्षमा ई-सेवा मनी ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

नयाँ वर्षमा ई-सेवा मनी ट्रान्स्फरले ल्यायो रेमिटोत्सव योजना

ई-सेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव 'रेमिटोत्सव' सार्वजनिक गरेको छ । यो योजना वैशाख १ गतेदेखि सुरू भई साउन ४ गतेसम्म सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक एक जनाले ५ हजार रुपैयाँ तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजार रुपैयाँको उपहार प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुने बताइएको छ । जसअन्तर्गत विदेशबाट ई-सेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् । यो योजना क्यास, बैंक र वालेट तीनवटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागू  हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सक्नेछन् ।

दैनिक विजेता हरेक हप्ताको अन्त्यमा ई-सेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने ई-सेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटी मार्फत समेत सार्वजनिक गरिनेछ । ई-सेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेट प्रयोगकर्ताको ६० भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्र्याउँदै आएको छ ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु