गृहपृष्ठ पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभुषित
पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभुषित
नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुर्ब कुमार श्रष्ठेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी छन् ।
नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरिएको हो ।
राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।
५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर, बैकिङ क्षेत्रमा समेत लगानि गदै आएको छ ।
प्रकाशित समय : १६:१० बजे



















