गृहपृष्ठ नयाँ वर्षमा आइएमईको योजना : जम्मा ६१ जना लाभान्वित हुने
नयाँ वर्षमा आइएमईको योजना : जम्मा ६१ जना लाभान्वित हुने
नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले 'आइएमई २०७९ मा २०७९'नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ सम्म कायम हुनेछ ।
'आइएमई २०७९ मा २०७९'को एक महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालको एजेन्टर सब-एजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी योजना अवधी भरी जम्मा ६० जना विजेताले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ पाउन सक्नेछन् । साथै, बम्परमा एक जना भाग्यशाली विजेतालाई दुई लाख नौ सय रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो योजनामा सहभागी भएका सेवाग्राही मध्ये कुल ६१ जना विजेताह लाभान्वित हुनेछन् भने यसका विजेता सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज, वेबसाइट एवम् सञ्चारका माध्यममार्फत सार्वजनिक गरिनेछ ।
प्रकाशित समय : २२:४४ बजे