global ime bank Long Banner Ad

गृहपृष्ठ सेञ्चुरी बैंकको शताब्दी बचत खाता : उच्चतम ब्याज र बिमाको सुविधा

सेञ्चुरी बैंकको शताब्दी बचत खाता : उच्चतम ब्याज र बिमाको सुविधा

सेञ्चुरी बैंकको शताब्दी बचत खाता : उच्चतम ब्याज र बिमाको सुविधा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभ अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन ।

यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाख रुपैयाँसम्मको विभिन्न १८ घातक रोगको बिमा र ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमाको व्यवस्था रहेको छ । शताब्दी बचतखाता खोल्दा ग्राहकलाइ मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ, भिषा डेबिट कार्ड, लकर सेवा, डीम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ ।

शताब्दी खाता खोल्दा ग्राहकलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखामा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु