global ime bank Long Banner Ad

गृहपृष्ठ अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका-९ घर भएका दासको हत्यामा संलग्न भएको आरोप उनीहरूलाई रुपन्देहीको बेलहियाबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी-९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बमबहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । पक्राउ परेका उनीहरूलाई शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो ।

प्रकाशित समय : १८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु