global ime bank Long Banner Ad

गृहपृष्ठ कनेक्ट आइपीएसको नयाँ योजनाअन्तर्गत विजेताले माउन्टेन फ्लाइट टिकेट जित्ने मौका

कनेक्ट आइपीएसको नयाँ योजनाअन्तर्गत विजेताले माउन्टेन फ्लाइट टिकेट जित्ने मौका

कनेक्ट आइपीएसको नयाँ योजनाअन्तर्गत विजेताले माउन्टेन फ्लाइट टिकेट जित्ने मौका

नयाँ वर्ष २०७९ को अवसरमा कनेक्ट आइपीएसले 'नयाँ इयर नयाँ युजर अफर' ल्याएको छ । यो अफर वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने बताइएको छ । अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिंक गरेर सो खाता बैंकबाट भेरिफाई गराउँदा खातामा एक सय रुपैयाँ पाउन सक्नेछन् ।

त्यसैगरी, ११ जना भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत रजिष्टर गरी आफ्नो खाता लिं‌क गरेर नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ-भेरिफिकेसन गराउन सक्छन् ।

पहिलेनै युजर बनाएर पहिलो खाता लिंक र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफरअन्तर्गत एक सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्ने बताइएको छ । अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट हुनेछ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु