global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोगले कुलमानसँग किन माग्यो स्पष्टीकरण ?

निर्वाचन आयोगले कुलमानसँग किन माग्यो स्पष्टीकरण ?

निर्वाचन आयोगले कुलमानसँग किन माग्यो स्पष्टीकरण ?

निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।

‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन ? हामीले उहाँलाई सोध्ने निर्णय गरेका हौं ।’

आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ । ‘७ दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले भनेको छ ।

आयोगले पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी प्रश्न गरेको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु