गृहपृष्ठ अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ताले गभर्नरमाथि छानबिन गर्दै

अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ताले गभर्नरमाथि छानबिन गर्दै

अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ताले गभर्नरमाथि छानबिन गर्दै

अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्री जनार्दन शर्माले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गर्न एउटा समिति बनेको छ । तर समितिमा अर्थमन्त्री शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा छन् । संयोजक रहेका भण्डारी अर्थमन्त्रीका नजिक नातेदार दाई हुन् । दिदी भद्रशिला भण्डारीका नाति पूर्वन्यायाधीश हुन् भने उनका कान्छा भाइका नाति मन्त्री शर्मा हुन् । आफ्नै दाई ल्याएर शर्माले छानबिन समितिको संयोजक बनाएका हुन् ।

संयोजक भण्डारी मात्र होइन, जाँचबुझ समितिका सदस्य पौडेल माओवादी केन्द्रको सल्लाहकार समिति र अर्थ तथा योजना विभागका सदस्य हुन् । अर्का सदस्य थापा भने पेसाले प्राध्यापक हुन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फ अर्थशास्त्रका प्राध्यापक हुन् । पहिले सक्रिय रहेपनि थापा माओवादीनिकट संगठनहरूमा अहिले निष्क्रिय रहेको स्राेतले बतायाे ।

यसरी पारिवारिक तथा राजनीतिक सम्बन्ध प्रस्ट भएपछि यो जाँचबुझ समितिले न्याय अन्याय छुट्याउँछ भन्नेमा प्रश्न उठेको कानुनविद्हरूको भनाइ छ ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु