गृहपृष्ठ कुलमानको फोटो राखेर माओवादी चुनावी प्रचारमा
कुलमानको फोटो राखेर माओवादी चुनावी प्रचारमा
नेकपा माओवादी केन्द्रले चुनावी प्रचार प्रयोजनका लागि बनाएको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो प्रयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘कमरेड प्रचण्ड’ नामक फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको हो ।
माओवादी नेता शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको थियो ।
‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले नेपाल विद्युत प्राधिकरणलाई निजीकरण गर्न खोजेको छ । उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ । जसलाई अहिले माओवादीका नेताहरुले धमाधम शेयर गर्न थालेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने चर्काे आलोचना गरिरहेका छन् ।
प्रकाशित समय : १५:५८ बजे



















