global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णयअनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 'मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ,' विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्ति :

प्रकाशित समय : ०१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु