global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ओपोद्वारा विश्वकै पहिलो रे ट्रेसिङ थ्रिडी वालपेपर प्रदर्शित

ओपोद्वारा विश्वकै पहिलो रे ट्रेसिङ थ्रिडी वालपेपर प्रदर्शित

ओपोद्वारा विश्वकै पहिलो रे ट्रेसिङ थ्रिडी वालपेपर प्रदर्शित

ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी)मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन-कलरओएस रे ट्रेसिंग थ्रिडी वालपेपर्स अनावरण गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार कार्यक्रममा उपस्थित व्यक्तिहरूले चीनमा सार्वजनिक ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एक्स ५ प्रो मार्फत मल्टिपल रियल-टाइम रे ट्रेसिङ वालपेपरको प्रत्यक्ष अनुभव गर्ने थिए । थ्रिडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रकाशको भौतिक व्यवहारलाई अनुकरण गर्ने रे ट्रेसिङ एक ग्राफिक्स रेन्डरिङ प्रविधि हो । यसको उपयोग पछिल्लो समयमा कम्प्युटरका लागि अपनाइएको छ । रे ट्रेसिङ प्रविधि अपनाइ, थ्रिडी वालपेपरले प्रयोग योग्य फ्रेम दरमा वास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन् । यसले गर्दा वस्तुको छायाँ, प्रतिबिम्ब र अपवर्तन अझ जीवन्त र वास्तविक देखिन्छ । यसले गर्दा घुमाउने, ट्याप गर्ने र लहराउने जस्ता हातका इशाराको प्रयोग गरी आफ्ना वालपेपरसँग अन्तरक्रिया गर्न सक्ने सुविधा प्रदान गर्छ ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो । कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधि अपनाएको थियो । कलरओएस रे ट्रेसिङ थ्रिडी वालपेपरका लागि ओपोले मिडियाटेक डाइमेन्सिटी ९००० चिपसेटको सम्भाव्यतालाई पूर्ण प्रयोग गर्दै फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोर अपनाएर रे ट्रेसिङ कार्य सम्पादनलाई गति दिन नयाँ अवधारणा अपनाएको हो ।

सन् २०२२ भित्रै ओपोले फाइन्ड एक्स५ प्रो (डाइमेन्सिटी भर्सन)का प्रयोगकर्ताका लागि थ्रिडी वालपेपर एप्लिकेशनलाई एपिकेका रुपमा र विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडिके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिइएको छ ।

प्रकाशित समय : २३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु