global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बिपिन कार्की अभिनित ‘घुमी घुमी’ (भिडियाेसहित)

बिपिन कार्की अभिनित ‘घुमी घुमी’ (भिडियाेसहित)

बिपिन कार्की अभिनित ‘घुमी घुमी’ (भिडियाेसहित)

गायक सुजन चापागाईंको युट्युब च्यानलबाट शनिबार  'घुमी घुमी' शिर्षककाे म्युजिकल फिल्म सार्वजनिक भएकाे छ । यसका गीतकार हर्क साउद हुन् । १७ मिनेट २८ सेकेण्डको म्युजिकल फिल्मलाई नवीन चौहानले निर्देशन गरेका छन् । कथा पनि निर्देशक चौहानकै हो । भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अन्जना बराइलीको अभिनय छ । 'घुमी घुमी'ले नेपाली समुदायको कथालाई फरक ढंगले प्रस्तुत गरेको छ । बसाइँसराइको आन्तरिक पाटाे र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू म्युजिकल फिल्मले भनेकाे छ ।

भिडियो हेर्दा कतिपयलाई अलि लाम्चो लाम्चो, केही नमिलेको हो कि जस्तो लाग्न सक्छ । निर्देशक चौहानका अनुसार यो कुनै प्राविधिक त्रुटि होइन । यसपालि निर्माण टिमले 'एनामोर्फिक लेन्स'को प्रयोग गरेकाले त्यस्तो देखिएको हो । यसको इमेजमा बानी नबसेक कारण अलि अनौठो हुने उनकाे भनाइ छ । म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको अभिनय छ । गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्वसंगीत र मिक्सिङ, मास्टरिङ कोबिद बज्रले गरेका हुन् ।  भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका छन् ।

भिडियो :

प्रकाशित समय : २३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु