nmb bank

गृहपृष्ठ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफलाई अघि सारिँदै

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफलाई अघि सारिँदै

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफलाई अघि सारिँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएसँगै नयाँ प्रधानमन्त्रीका रुपमा शहबाज शरीफलाई अघि सारिँदै छ । अविश्वासको प्रस्तावमाथि गएराती भएको भोटिङमा खान अल्पमतमा परेका थिए । योसँगै उनी पदमुक्त भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्री बनाउने सम्भावना बढ्दो छ । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ ।

शहबाज शरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । शहबाज शरीफका दुई दाजुहरु अब्बास शरीफ र नवाज शरीफ हुन् । नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।

 शहबाज शरीफ दाजु नवाज शरीफ भन्दा पनि धनी रहेको बताइन्छ । सन् २०२० को सेप्टेम्बरमा शहबाज शरीफ पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । सन् २०२१ को अप्रिलमा लाहोर हाईकोर्टले उनलाई धरौटीमा रिहा गरेको थियो ।

शहबाज शरीफ १३ अगष्ट सन् २०१८ देखि नेशनल एसेम्बलीको सदस्य छन् । उनी विपक्षी दलको नेता पनि हुन् । यसअघि उनी शहबाज शरीफ तीन पटक पन्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए । पन्जाब प्रान्तको सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका उनी हाल पीएमएल-एनको अध्यक्ष छन् ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु