nmb bank

गृहपृष्ठ पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, अविश्वास प्रस्ताव पास

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, अविश्वास प्रस्ताव पास

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, अविश्वास प्रस्ताव पास

अविश्वासको प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान जिम्मेवारी मुक्त भएका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्तावको पक्षमा ३४२ मध्ये १७४ मत प्राप्त भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेटर समेत रहेका खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु