गृहपृष्ठ थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय : २२:०२ बजे



















