nmb bank

गृहपृष्ठ मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न

मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न

मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न

मदरल्याण्ड स्कुलमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । टाइफाइड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत आज नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा सुनपा ९ का वडाध्यक्ष उपेन्द्र राज केसीको समुपस्थितमा उद्घाटन गरी सुरु गरिएको थियो ।

प्रि नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत १५ वर्ष सम्मका २६६ जना छात्रा र ३९६ जना छात्र गरी जम्मा ६६२ जना बालबालिकालाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वमा खोप लगाइएको थियो । सुर्यविनायक-९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका सञ्चालक प्रिन्सिपल संजय खड्काले आज सम्पन्न भएको टाइफाइड रोग विरुद्ध सञ्चालन गरिएको खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकी तथा सुर्यविनायक नगरपालिकालाई धन्यवाद दिँदै विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई पनि उक्त खोपको सुनिश्चितताको लागि वडा एवं स्वास्थ्य चौकीले पहल गर्नु पर्ने बताए ।

नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहेका प्रिन्सिपल संजय खड्काले आउने शैक्षिक वर्ष २०७९ देखि नेशनल प्याव्सन भक्तपुरअन्तर्गत 'प्राथमिक तह स्तरोन्नति' कार्यक्रम मदरल्याण्ड स्कुलमा लागु गरी पूर्ण रुपमा मन्टेश्वरी पद्धतिमा अभिभावकको आर्थिक क्षमतालाई पनि ध्यानमा राखी सञ्चालन गर्ने बताए ।

हाल किड्स तथा मन्टेश्वरी स्कुलको नाममा अत्यधिक शुल्क लिएर अभिभावकलाई मार परेको बताउदै खड्काले यस तर्फ अभिभावक सचेत हुनु पर्ने समेत बताए ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु