गृहपृष्ठ छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा
छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा
स्याङ्जाको भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बीमा गर्न थालेको छ ।
यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्न शुरू गरेको हो ।
वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको एक लाख बराबरको स्वास्थ्य बीमा गर्न प्रारम्भ गरेको हो ।
प्रकाशित समय : १२:३२ बजे



















