nmb bank

गृहपृष्ठ नौ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिवद्धता

नौ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिवद्धता

नौ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिवद्धता

काठमाडौँ । पछिल्लो समय नेपालमा वैदेशिक लगानी भित्रिने क्रम उत्साहजनक रूपमा बढिरहेको छ। उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६१५ वटा परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

यस लगानीमार्फत मुलुकभित्र २२ हजार ३१६ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको छ। विभागको प्रतिवेदनले चैत महिनामा मात्रै थप ६१ वटा नयाँ परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ लगानी सुनिश्चित भएको देखाएको छ।

लगानीका विभिन्न क्षेत्रहरूमध्ये कृषिमुलक उद्योगमा सबैभन्दा आकर्षण देखिएको छ, जहाँ १६ वटा परियोजनाका लागि मात्रै २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ। यसैगरी पर्यटन उद्योगको क्षेत्रमा १६४ वटा परियोजनामार्फत ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ।

सेवामुलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ र उत्पादनमुलक औद्योगिक क्षेत्रतर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ लगानी हुने सुनिश्चित भएको छ।

सूचना तथा प्रविधिको क्षेत्रमा सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी ३४६ वटा परियोजनाहरू रहे तापनि लगानीको परिमाण भने १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ मात्र रहेको छ। अन्य क्षेत्रहरूको तुलनामा ऊर्जा र खनिज क्षेत्रमा भने वैदेशिक लगानीको आकर्षण निकै कम देखिएको छ।

ऊर्जा क्षेत्रमा दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ र खनिजमुलक क्षेत्रमा पनि दुई वटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

प्रकाशित समय : १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु