गृहपृष्ठ रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा
रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा
रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ । बिहीबार रुसी विदेशमन्त्रालयले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।
संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो ।
त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ ।
प्रकाशित समय : १९:११ बजे

















