गृहपृष्ठ उदय सोताङको स्वरमा ‘तिम्रो साथ’ सार्वजनिक (भिडियोसहित)
उदय सोताङको स्वरमा ‘तिम्रो साथ’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश 'तिम्रो साथ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ, भने गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ ।
राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो। ुनेपाली मेलोडिजु नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहस् :
प्रकाशित समय : १७:३६ बजे