गृहपृष्ठ ५ सयले बढ्यो सुनको मूल्य
५ सयले बढ्यो सुनको मूल्य
सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।
चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित समय : १७:४० बजे



















