गृहपृष्ठ आफ्नै कर्मचारी भर्ना गर्न बागमती सरकारले ल्यायो अध्यादेश
आफ्नै कर्मचारी भर्ना गर्न बागमती सरकारले ल्यायो अध्यादेश
बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारी थालेको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेश जारी गरेर प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो ।
हाल संघीय सरकारले पठाउँदै आएको प्रदेश सरकारको प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेश सरकार आफैंले नियुक्त गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषदले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सिफारिस गरेको छ, जुन प्रदेश प्रमुख यादवचन्द्र शर्माले जारी गरेपछि लागु हुनेछ ।
अब प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अध्यादेश अनुसार अब १२ औं तहको अधिकृत प्रदेश सरकारको प्रमुख सचिव हुनेछन् । ११ औं तहका अधिकृत मन्त्रालयका सचिव हुने ब्यवस्था गरिएको छ ।
प्रकाशित समय : १४:२८ बजे


















