global ime bank Long Banner Ad

गृहपृष्ठ लगनखेलमा घुससहित समातिए चाबहिल नापी कार्यालयका कर्मचारी

लगनखेलमा घुससहित समातिए चाबहिल नापी कार्यालयका कर्मचारी

लगनखेलमा घुससहित समातिए चाबहिल नापी कार्यालयका कर्मचारी

नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुससहित लगनखेलबाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साँझ अख्तियारको टोलीले लगनखेलको सडकबाटै गिरफ्तार गरेको हो ।

अख्तियार स्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए ।

घुस रकम लिएर बूढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएकाे छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु