nmb bank

गृहपृष्ठ नेपाल बैंकका ग्राहकलाई दराजमार्फत खरिद गर्दा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई दराजमार्फत खरिद गर्दा विशेष छुट

नेपाल बैंकका ग्राहकलाई दराजमार्फत खरिद गर्दा विशेष छुट

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । जसअनुसार अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिमार्फत खरिद गर्दा नेपाल बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् । यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ । बैंकका अनुसार नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई-कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो हो ।

नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार रूपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार पाँच सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्छ । त्यसका लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरूमा सम्पर्क गर्नुपर्ने जनाइएका छ ।

प्रकाशित समय : २२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु