गृहपृष्ठ पछिल्लाे २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिए
पछिल्लाे २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिए
गत २४ घन्टाभित्र नेपालमा ३ हजार २७८ पीसीआर तथा २ हजार ३०९ एन्टिजेन परीक्षण भएको छ । जसबाट थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मंगलबार ५१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट नेपालमा ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित समय : २२:२९ बजे


















