गृहपृष्ठ सुजुकी ‘ह्यापी न्यू कार’ ग्राहक योजना सुरू
सुजुकी ‘ह्यापी न्यू कार’ ग्राहक योजना सुरू
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्यापी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ।
‘सुजुकी ह्यापी न्यू कार’ योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक-फरक हिसाबका छुट लागू हुने समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको हो ।
सुजुकी ब्रान्डले नेपाली बजारमा एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा विभिन्न मोडलको गाडी बिक्री गर्दैछ ।
प्रकाशित समय : १९:५५ बजे



















