गृहपृष्ठ सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट
सामसङका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट
सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा “नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली” योजना सञ्चालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत ग्राहकहरुले सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना सामसङ टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरीदमा लागू गरिएको जनाइएको छ । जसअनुसार सामसङको लाइफस्टाइल टीभी द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एलईडी टीभी २० प्रतिशतसम्म र क्रिस्टल ४के युएचडी टीभी २० प्रतिशतभन्दा बढी छुटमा उपलब्ध रहेको छ ।
यस्तै स्मार्ट टीभीमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइने बताइएको छ भने ५७९ लिटर क्यापासिटीको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइक्राे र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसैगरी विभिन्न क्षमताका वासिङ मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको छ । टीभीमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको पनि जनाइएको छ । डीआइटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआइटी मोटर (वासिङ मेसिन)मा १० वर्षको वारेन्टी रहेको कम्पनीले उल्लेख गरेकाे छ ।
प्रकाशित समय : १९:४५ बजे


















