nmb bank

गृहपृष्ठ ट्युशन पढ्न घरबाट निस्किएकी किशाेरी मृत फेला

ट्युशन पढ्न घरबाट निस्किएकी किशाेरी मृत फेला

ट्युशन पढ्न घरबाट निस्किएकी किशाेरी मृत फेला

उदयपुरमा १५ वर्षीया एक छात्राको शव फेला परेको छ । बेलका नगरपालिका-३ स्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

कविताको शव हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै विभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराका अनुसार शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोलीसमेत खटिएको छ ।

उनी कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत थिइन् । एसईई परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दूरीमा छ ।

घटनामा संलग्न रहेकाे आशंका दुई जनालाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु