काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कामना सेवा बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

10.94K
shares

कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत सुरु गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्डसेवा सुरु गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपैयाँ १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रुपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरू यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।