काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन हुम्लाको आग्रह

420
shares

हुम्ला । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले सूचना सार्वजनिक गरेर जरुरी काम नपरी एक स्थानबाट अर्को स्थानसम्म यात्रासमेत नगर्न आग्रह गरेको हो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले सूचना जारी गर्दै बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्र, राजमार्ग तथा ग्रामीण सडकमा सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

मौसम विभागले तोकेको उक्त समयभित्र खोला किनार, पहिरो ग्रस्त क्षेत्रमा सर्वसाधारणलाई नजान र विपदको पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई प्रेस नोटमार्फत उनले आग्रह गरेका छन् ।

साथै हुम्ला जिल्लाका केही स्थानमा हावहुरी सहित मध्यम वर्ष तथा एक दुई स्थान भारी वर्षाको संभावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात संम्भावना रहेकोले सवैलाई सतर्कता अपनाउन उको अनुरोध छ ।

यो अवधिमा धानलगायत बालीनाली कटानी, भित्र्याउने तथा सुरक्षित भण्डारण गर्ने कार्य नगर्न, पर्यटक, तीर्थयात्री तथा ट्रेकरहरु उच्च हिमाली क्षेत्रमा नजान र पुगि सकेकाले सो अवधिमा सुरक्षित स्थानमा रहन र उच्च चरन क्षेत्रमा रहेका पशु चौपाय, गोठाला तथा उच्च हिमाली क्षेत्रमा जडिबुटी संङ्कलन गर्न गएका ब्यक्तिहरुले तत्काल सुरक्षित स्थानमा सर्नका लागि पनि प्रशासनले अनुरोध गरेको छ  ।