काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

525
shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ३८ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ तथा घिउ सिमी (लोकल) २० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी २० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग २० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।