nmb bank

गृहपृष्ठ ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा छुट

ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा छुट

ज्योति विकास बैंकका ग्राहकलाई होटल सेन्ट्रल प्लाजामा छुट

ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा सुविधामा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका हुन् । बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवामा थप छुट दिन सो सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले देशका अन्य विभिन्न व्यवसायसँगको सहकार्यमा ग्राहकलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।

प्रकाशित समय : २३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु