काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक हस्पिटलबीच छुट सम्झौता

12.12K
shares

सिटिजन्स बैंक इन्टरनेसनल र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल चितवनबीच सिटिजन्स बैंकका कार्ड बाहकलाई १०५ छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०५ छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् )र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए।टीएम। र ९० वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।