गृहपृष्ठ माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
माधव नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । आइतबारका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदहरुविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग भएपछि माओवादी आफ्नो पार्टीमा फर्किएको थियो भने माधवकुमार नेपालले १४ सांसदसहित २० प्रतिशत केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गराएका थिए । त्यसविरुद्ध परेको रिटमा यसअघि पनि पेसी तोकिएको थियो । यद्यपी मुद्दा ‘हेर्दाहेर्दैमा’ मा राखिएको थियो ।
प्रकाशित समय : १७:३३ बजे


















