गृहपृष्ठ दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ को मृत्यु
दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, ३ को मृत्यु
क्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
के टी-१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ।अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् ।
प्रकाशित समय : १८:३६ बजे


















