गृहपृष्ठ २५ सय ४४ अंकमा खुम्चियो नेप्से : सातामा १३ अर्ब ४२ करोड ५७ लाख सेयर खरिदबिक्री
२५ सय ४४ अंकमा खुम्चियो नेप्से : सातामा १३ अर्ब ४२ करोड ५७ लाख सेयर खरिदबिक्री
यो साता पनि नेप्सेमा उतारचढाव देखिएको छ । नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको भएपनि चार कार्यदिन लगातार नेप्से सुचक तथा कारोबार रकम घटेको थियो । चौंथो दिन नेप्से बढेपनि कारोबार रकम खासै बढ्न सकेन् । जसले गर्दा यो साता नेप्से दुई हजार पाँच सय ४४ दशमलव ३० अंकमा सीमित हुन पुगेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि चार सय ७५ दशमलव ४७ अंकमा सीमित हुन पुगेको छ ।
सातामा दुई सय ३२ वटा कम्पनीहरुको दुई लाख १० हजार पाँच सय ४७ पटक सेयर कारोबार भएका छन् । जसबाट दुई करोड ६० लाख ६१ हजार छ सय १५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १३ अर्ब ४२ करोड ५७ लाख ४६ हजार चार सय ११ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो । गत साता दुई सय ३५ वटा कम्पनीहरुको एक लाख ८४ हजार छ सय ७७ पटक सेयर किनबेच भएको थियो । जसबाट दुई करोड ४० लाख ९० हजार सात सय ६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार आठ सय ७२ रुपैयाँ पुगेको थियो ।
यो साता सुरुवाती कारोबार दिन ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलव २६ अंकमा झरेको नेप्से दोस्रो दिन ३० दशमलव ४३ अंकले घटेर दुई हजार पाँच सय ४१ दशमलव ८३ झरेको थियो । तेस्रो दिन पनि १४ दशमलव २६ अंकले घटेर दुई हजार पाँच सय २७ दशमलव ५८ अंकमा खुम्चिएको नेप्से चौथो दिन भने ४० दशमलव ६८ अंकले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पाँचौं दिन भने नेप्से पुन २३ दशमलव ९५ अंकले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० अंकमा खुम्चिएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन नौं दशमलव ५५ अंकले घटेर चार सय ७९ दसमलव ३९ अंकमा झरेकोमा दोस्रो दिन पाँच दशमलव तीन अंकले घटेर चार सय ७४ दशमलव शून्य नौं अंकमा सीमित हुन पुगेको थियो । तेस्रो दिन पनि दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौथो दिन भने आठ दशमलव १३ अंकले बढेर चार सय ८० दशमलव छ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स पुन चार दशमलव छ अंकले घटेर चार सय ७५ दशमलव ४७ अंकमा सीमित हुन पुगेको थियो ।
यो साता नेपाल टेलिकम, नबिल बैंक लगायतका कम्पनीहरुको बढी रकम कारोबार हुंदा नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक, नेपाल टेलिकम आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रकाशित समय : १८:२१ बजे



















