गृहपृष्ठ एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता
एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो ।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाले जनाएको छ ।
यसअघिदेखि नै एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने विषय चर्चामा छ । स्थानीय तहमा तालमेलको विषय सतहमा आएका बेला ओली र राणाबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
प्रकाशित समय : १५:३० बजे