global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपाले जनाएको छ ।

यसअघिदेखि नै एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने विषय चर्चामा छ । स्थानीय तहमा तालमेलको विषय सतहमा आएका बेला ओली र राणाबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु