रियलमीको ‘१०० डेज रिटेलर स्किम’ विजेताले पाए प्रोटोन सागा कार
वि.सं.२०७८ चैत १७ बिहीवार २३:५०
shares

रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो '१०० डेज रिटेलर स्किम'को विजेताहरूको घोषणा गरेको छ । यो स्किम नेपालभरि रहेका एक हजारभन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरूबीच १०० दिन चलेको थियो । विजेताहरूलाई विभिन्न आकर्षक उपहारहरू चैत्र ९ का दिन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो । सन् २०२१ सेप्टेम्बर २१ तारिखदेखि चलेको यो स्किम २०२१ डिसेम्बर २१ मा सकेको थियो ।
सबै विजेता रिटेलरहरूलाई उक्त कार्यक्रममा उपहारहरू वितरण गरिएको थियाे । ए टु जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो ।
रियलमी नेपालमा सार्वजनिक भएसँगै यो स्किम सबै वितरण च्यानलहरूको लागि खुला गरिएको थियो । यो स्किम सार्वजनिक हुँदा रियलमीको रियलमी सी-२१, रियलमी सी-२०, रियलमी सी-११ २०२१, र रियलमी ८ गरी चारवटा स्मार्टफोनहरू मात्र नेपाली बजारमा उपलब्ध थिए ।

























