nmb bank

गृहपृष्ठ नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो ।

खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै पुलिस क्लबले शुक्रबार उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको खेलको म्यान अफ दि म्याच पुलिसका खेलाडी निरकुमार घोषित भए । उनले दश हजार प्राप्त गरे । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले छ लाख ११ हजार नगदसहित ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही २१ हजार प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु