कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा
वि.सं.२०७८ चैत १५ मंगलवार २१:४०
shares

प्राइमलाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय सञ्चालन गरेको हो । कार्यालय विस्तारबाट थप बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पुर्याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए। यसले बिमितलाई घरैमा बसेर बिमालेख खरिद गर्न र सुरक्षित रुपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उनले विश्वास व्यक्त गरे ।
सीइओ भट्टराईले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए । उनले लेखनाथ कार्यालयलाई बिमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बिमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए । आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सिइओ भट्टराईले कम्पनीले ग्राहक मैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे । उनले बिमितको हित हुने गरी बिमा व्यवसाय गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो ।























