काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

6.86K
shares

सानिमा बैंक गोकर्णेश्वर कार्यालयले गत शनिबार 'ग्लोबल मनि विक २०२२'अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो, जसले महिलाहरूलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्दैछ । उक्त कार्यक्रममा ५० जना महिलाको सहभागिता थियो । कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवा, डिजिटल बैंकिङ सेवा र यसको महत्व, क्युआर कोड र डिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी समावेश गरिएको थियो। शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद दिए ।

सानिमा बैंकले यसैगरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजन गर्दै आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा गरी १२६ कार्यालय र ११४ वटा एटिएम संचालनमा छन् ।