गृहपृष्ठ बम बिष्फोट हुँदा इटहरीमा दुई युवा घाइते

बम बिष्फोट हुँदा इटहरीमा दुई युवा घाइते

बम बिष्फोट हुँदा इटहरीमा दुई युवा घाइते

इटहरीमा बम बिष्फोट हुँदा दुई जना युवा घाइते भएका छन् । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम विष्फोट भएको हो ।

२२ वर्षका रविन थापा नाम गरेका युवा बस्दै आएको कोठामा बिष्फोट हुँदा उनीसहित लम्जुङ घर भएका २३ वर्षीय शेरजङ गुरूङ घाइते भएका हुन् । गुरूङ दुई सातादेखि थापाको कोठामा बस्दै आएको प्रहरी जनाएको छ ।

झोलामा राखिएको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ । बम बिष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ ।

गत फागुनदेखि यो परिषदले सशस्त्र संघर्ष थालेको बताएको थियो ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु